कोरोनाका कारण युनिभर्सल मेडिकल कलेजका चिकित्सकको मृत्यु, एक सय ६० स्वास्थ्यकर्मी संंक्रमित
काठमाडौं, जेठ २० । कोरोना संक्रमणका कारण युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा कार्यरत एक चिकित्सकको मृत्यु भएको छ ।
३५ वर्षीय डा। पशुपति रजौरियाको बुधबार राति मृत्यु भएको मेडिकल कलेजका सूचना अधिकृत सुशील गुरुङले जानकारी दिए ।
कलेजमा एक सय ६० जना स्वास्थ्यकर्मी संक्रमित छन् । कोरोना संक्रमित चिकित्सक रजौरियाको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । मेडिकल कलेजमा उपचारार्थ चिकित्सकलाई थप उपचारका लागि ग्रान्डी अस्पताल लगिएको थियो ।
कपिलवस्तु घर भएका डा। रजौरियाको केही महिनाअघि मात्र विवाह भएको थियो । उनीहरू श्रीमान्–श्रीमती दुवै कोरोना संक्रमित थिए । श्रीमती डा। हसिना वानु संक्रमणमुक्त भएकी थिइन् । श्रीमती वानु प्रसूति तथा स्त्री रोग विशषज्ञ हुन् ।
वैशाख २० मा कोरोना संक्रमण देखिएपछि डा। रजौरियाको कलेजमै एचडियू कक्षमा उपचार भएको थियो । त्यसको चार दिनपछि हेलिकोप्टरमार्फत डा। रजौरियालाई काठमाडौं लगिएको थियो ।
प्रतिक्रिया दिनुहोस्