कोरोनाको दोस्रो लहरमा भारतमा झण्डै ६ सय चिकित्सकले ज्यान गुमाए
काठमाडौं, जेठ १९ । कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रताडित बनेको मुलुक भारतमा उपचारमा संलग्न चिकित्सकको मृत्युको आंकडा पनि निकै उच्च रहेको छ ।
हालसम्म भारतमा झण्डै ६ सयजना चिकित्सकको निधन भएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतीय समाचार संस्था एएनआईले इन्डियन मेडिकल एसोसिएशनलाई उधृत गरेर जनाएअनुसार दोस्रो लहरको क्रममा हालसम्म ५९४ जना चिकित्सकको मृत्यु भएको हो ।
राजधानी दिल्लीमा मात्र यो लहरमा १०७ जना चिकित्सकको मृत्यु हुँदा उत्तर प्रदेशमा ६७ जना चिकित्सकको ज्यान गएको हो ।
पछिल्ला केही दिनयता कोरोना संक्रमणको संख्या कम हुँदै गए पनि उच्च जोखिम बाँकी नै रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्