सर्वोच्चको फैसलापछि सडक विस्तारको बाटो खुल्यो

धनगढी । सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण डेढ महिनादेखि अवरुद्ध धनगढी–अत्तरिया ६ लेन सडक निर्माण आयोजनाको काम सुचारु गर्ने बाटो खुलेको छ ।

सर्वोच्चले मंगलबार उक्त मुद्दाको अन्तरिम आदेश दिइरहन नपर्ने फैसला गरेपछि आयोजनाको काम सुचारु गर्न बाटो खुलेको हो । न्यायाधीश ओकप्रकाश मिश्र र शारदाप्रसाद घिमिरेको इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिनुपर्ने फैसला गरेको हो ।

सडकको क्षेत्रमा परेका संरचना मुअब्जाविना हटाउन नहुने मागसहित स्थानीय १३ जनाले मुद्दा दिएपछि अदालतको अन्तरिम आदेशका कारण डेढ महिनादेखि आयोजनाको काम अवरुद्ध थियो । उक्त मुद्दामा सर्वोच्चले गत पुस १९ मा सडक क्षेत्रभित्रका संरचना हटाउने कार्य तत्कालका लागि रोक्न अन्तरिम आदेश दिएको थियो ।

मंगलबार भएको बहसपछि अदालतले उक्त अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु नपर्ने आदेश दिएको धनगढी मोहना–अत्तरिया ६ लेन सडक आयोजना प्रमुख मनिषकुमार शाहले बताए ।

अन्तरिम आदेशले संरचना हटाउने कार्य रोकिदा आयोजनाको काम अवरुद्ध भएको थियो ।अब भने काम सुचारु गर्ने बाटो खुलेको शाहले बताए । १, २ दिनभित्रै सडक क्षेत्र खाली गर्ने कार्य सुरु गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्