लुम्बिनी विकास बैंकको बनस्थलीको ढुंगेधारामा शाखा विस्तार

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले काठमाडौंको बनस्थली स्थित ढुंगेधारामा आफ्नो शाखा विस्तार गरेको छ ।
विभोर सोसाइटी विकास बैंक लि. र लुम्बिनी विकास फाईनान्स एण्ड लिजिङ्ग कम्पनी लिमिटेडबिच मर्जरले गर्दा दोहोरीएको न्यूरोड शाखालाई बनस्थली स्थित ढुंगेधारा चोकमा स्थानान्तरण गरिएको हो ।

बंैकका सञ्चालक समितिका सदस्य चिन्तामणी भट्टराईले शाखाको औपचारिक रुपमा समुद्द्धाटन गर्नुभयो ।

सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनालले सम्बोधन गर्दै भन्नुभयो, ‘आगामी दिनमा प्रतिस्पर्धात्मक रुपमा आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्नका लागि हामी सर्पित छौं । जतिसक्दो सेवा सुविधाहरु प्रदान गर्नु नै बैंकको मुख्य लक्ष्य हो ।’ उहाँले ग्रामिण भेगमा समेत क्रमशः सेवाविस्तार गर्दै जाने योजना रहेको बताउनु भयो ।

बैंकको केन्द्रीय कार्यालय डिल्लीबजार सहित देशका विभिन्न स्थानमा गरि ६० वटा शाखा सञ्जालमा रहेको छ । त्यस्तै १२ एटिएम मार्फत सेवा दिंदै आएकोमा यसलाई पनि विस्तार गर्दैै जाने बैंकले जनाएको छ । बंैकले विभिन्न निक्षेप तथा कर्जा सुविधाका साथै एटिएम, एबिबिएस, एस्एमएस बैंकिङ्ग, मोबाइल बैंकिङ्ग लगायतका सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ । यसै वर्ष भित्रमा ६५ वटा शाखा पु¥याउने बैंकको योजना रहेको बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्