सरकारको कानुनी सल्लाहकार अग्नि खरेल हुने !

काठमाडौं ।  प्रधानमन्त्री केपी ओलीले पूर्वकानूनमन्त्री अग्नि खरेललाई महान्यायाधिवक्ता बनाउने भएका छन् ।

महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार हुन्छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पूर्वमन्त्री खरेललाई महान्यायाधिवक्ता बन्न प्रस्ताव गरेका हुन् ।

एमाले नेता समेत रहेका खरेलले यसलाई स्वीकार गरेका छन् । ‘उहाँले चाहेको भन्दा पनि प्रधानमन्त्रीको प्रस्ताव हो’ खरेल निकट स्रोत भन्यो, ‘प्रधानमन्त्रीलाई सहयोग गर्ने कि नगर्ने भन्ने प्रश्न रहृयो । सहयोग गर्ने भनेको प्रस्ताव मान्नु हो ।’

सम्भवतः केही दिनमा नै खरेल महान्यायाधिवक्ता नियुक्त हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्