जबरजस्ती करणी गरेको अभियोगमा तनहुँमा एक जना पक्राउ

काठमाडौं, ६ कार्तिक । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँमा एक जना पक्राउ परेका छन् ।

भिमाद नगरपालिका–४ सारडाँडा बस्ने २१ वर्षीय संजय रानालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

रानाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्