महिलाहरु उद्यमी र सचेत हुनु आवश्यकः नेता श्रेष्ठ

काठमाडौ । नेकपा एमालेका केन्द्रिय सदस्य एंव प्रतिनिधी सभा सदस्य कृष्ण गोपाल श्रेष्ठले महिलाहरु अब घरायसी काममा मात्र सिमित हुन नहुने भन्दै उधम शिलता र विकासमा अघि वढ्न सुझाव दिनुभएको छ ।

समान पहुँच नेपालले आयोजना गरेको महिला र कानुन सम्बन्धी दुईदिने सचेतना तालिम कार्यक्रमलाई सम्बेधन गर्दै उहाँले यस्ता कार्यक्रमबाट महिला दिदी बहिनीहरुलाई मुलुकको कानून र आयआर्जनका विषयमा थप उर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपा एमालेका प्रदेश सभा सदस्य केशव पोखरेल देशको आर्थिक सम्ृद्धिको लागि महलिाको समान पहुच बनाउन आवश्यक रहको कुरा बताउनु भयो ।
सो कार्यक्रममा अधिवक्ता विष्णु माया भुसाल, अधिवक्ता रमा श्रेष्ठ लगायतले विवाह सम्बन्धी कानुनी व्यवस्था र उजुरी तथा सजाय सम्बन्धी कार्यविधी, महिलाको सम्पत्ती सम्बन्धी अधिकार र यसको उजुरी सम्बन्धी कार्यविधीका वारेमा प्रशिक्षण दिएका थिए ।

यस्तै समान पहुँच नेपालकी अध्यक्ष सविता आचार्य यस्ता किसिमका कार्यक्रमले महिलालाई सचेतनाका साथै आर्थिक उन्नतिमा समेत टेवा पुग्ने बताउनुभयो । कार्यक्रममा नार्गाजुन नगरपालिका झण्डै ६० महिला दिदी बहिनीहरुको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्