विपक्षी गठबन्धनका एक सय ४६ जना सांसदले गरे सर्वोच्चमा रिट दायर, यस्तो छ रिटको संक्षेपीकरण

काठमाडौँ, जेठ १० । प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गर्नुपर्ने र संसद पुनस्स्थापनाको मागसहित विपक्षी गठबन्धनका एक सय ४६ जना सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

रिट दायर गर्नका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसहित १ सय ४६ जना सांसद सर्वोच्च पुगेका हुन् ।

तत्काल कायम रहेको ५४ प्रतिशत सांसदहरुले हस्ताक्षर गरेर संवैधानिक रुपले संसदको बहुमतमा दाबी गरेर संविधान बमोजिम प्रधानमन्त्री हुनुपर्ने शेरबहादुर देउवालाई नियुक्त गर्न आदेश गर्ने माग र संसदको पुनस्स्थापनाको मूल माग राखी १ सय ४६ जना सांसदहरु सर्वोच्चमा पुगेका थिए ।

‘राष्ट्रपतिले वैधानिक रुपमा प्रधानमन्त्री नभएको व्यक्तिले संसद विघटन गरेको सिफारिस कार्यान्वयन गर्दै संसदको हत्या गरेकोले सर्वोच्चमा रिट दायर गरेको उनीहरु भनाइ रहेको छ। बहुमत सांसदको हस्ताक्षरसहित सोमबार दिउँसो दलहरुले रिट दायर गरेका हुन् ।

रिटमा उल्लेख तीन माग :

१. संसद विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषको निर्णय खारेज

२. संसद अधिवेशनको मिति तोक्नुपर्ने

३. संविधानको धारा ७६९५० अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश ।

हेर्नुहोस् सर्वोच्चमा दायर गरिएको रिटको सारसंक्षेपीकरण

प्रतिक्रिया दिनुहोस्