विपक्षी गठबन्धन आज हस्ताक्षरसहित सर्वोच्च अदालत जाँदै

काठमाडौं, जेठ १० । प्रतिनिधिसभा विघटन र मध्उावधि निर्वाचन घोषणाविरुद्ध विपक्षी गठबन्धन आज सर्वोच्च अदालत जाँदैछन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमालेको असन्तुष्ट पक्षका १४९ सांसद हस्ताक्षरसहित आज अदालत जान लागेका हुन् ।

प्रतिनिधिसभा विघटनको विपक्षमा रहेका दलहरू प्रधानमन्त्री पदका दाबेदार शेरबहादुर देउवाको पक्षमा बहुमत रहेको र उनलाई नै प्रधानमन्त्री बनाइनुपर्ने दाबीसहित सोमबार सर्वोच्च अदालत जाने भएका छन् । आइतबार नै अदालत जाने भनिए पनि कानुनी ढाँचाअनुसार कागजातसहितको विवरण र मस्यौदा तयार पार्न ढिलाइ भएपछि सोमबार मात्रै रिट पेस गर्ने तयारी गरिएको हो ।

शनिबार पाँच दलको सर्वपक्षीय बैठकले १४९ सांसदको हस्ताक्षरसहित सर्वोच्च जाने निर्णय गरेको थियो । बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध राजनीतिक र कानुनी लडाई लड्ने निष्कर्ष निकालेको थियो ।

सोही निर्णय अनुसार आइतबार उनीहरुले हस्ताक्षर गरेर रिट तयारको प्रक्रिय शुरु गरे पनि अदालत जान समय अभाव भएको भन्दै आज जाने भएका हुन् विपक्षी गठबन्धन शारीरिक रुपमा बहुमत सदस्यसहित अदालत जाने तयारी गरेका छन् ।

राष्ट्रपतिले संविधानको धारा ७६ ९५० अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धनकातर्फबाट शेरबहादुर देउवाले प्रस्तुत गरेको दाबी विधिसम्मत नभएको भन्दै खारेज गरेकी थिइन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा संसद विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्