प्यूठानमा घर भत्किदाँ एकै घरका तीनजनाको मृत्यु, चार छोरीहरु भने बाचे

काठमाडौं, जेठ ९ । प्यूठानको नौबहिनी गाउँपालिका–१ स्याउलिबाङ चौतारामागए राति घर भत्किदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४० वर्षीय वोमबहादुर मल्ल, उहाँकी ३३ वर्षीया श्रीमती गमी मल्ल र ३ बर्षीय छोरा शिशिर मल्लको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय प्यूठानका प्रहरी निरिक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

अन्य चार छोरीहरु भने अर्को कोठामा सुतेको हुँदा उहाँहरु सकुसल रहन सफल भएको गैरेले बताए । खरको छाना हटाएर जस्तापाता लगाउन तयार पारिएको घर शनिबार राती एक्कासी भत्किएको हो ।

बिहान साढे ७ बजे घर भत्केको खबर आएपछि घटनास्थलमा प्रहरी पुग्दा तीनजनाको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्