बन्दको प्रभाव : ठाउँठाउँमा भेटियाे बम, सवारीसाधन चलेपनि शैक्षिक संस्था भने बन्द

काठमाडाैँ – विप्लप माओवादीले आह्वान गरेको नेपाल बन्दकाको प्रभाव काठमाडौं उपत्यकामा सामान्य देखिएको छ । उपत्यकामा बिहानैदेखि सार्वजनिक यातायातका साधन चलेका भएपनि अधिकाँसं शैक्षिक संस्था भने बन्द छन् । काठमाडौंबाट छुट्ने लामो दूरीका सवारीसाधन सम्बन्धित ठाउँका लागि छुटेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता मनोज न्यौपानेका अनुसार बन्दका कारण हुन सक्ने संभावित दुर्घटनालाई मध्यनजर राख्दै प्रहरीले बिहानै देखि सुरक्षा दिएको जानकारी दिनुभयो । उहाँका अनुसार राजधानीका अधिकांस क्षेत्रमा प्रहरी परिचालन गरिएकाले बन्दको प्रभाव नभएको बताउनुभयो । तर विप्लप माओवादीको प्रभाव क्षेत्रमा भने बन्दको प्रभाव परेको हाम्रा सहकर्मीहरुले जानकारी दिनभएका छन् ।

बन्द गराउँदै हिँड्ने पक्राउ 

प्रहरीले बिहानै सडक अवरोध गर्न खोज्ने केही व्यक्ति लाई वभिन्न स्थानबाट पक्राउ परेको रहेको छ । बन्द गराउँदै हिँडेको २१ जना माओवादी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिइसकेकाे छ ।

प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट ४ जना, मोरङबाट २ जना, सुनसरीबाट ६ जना, चितवनबाट २ जना, डोल्पाबाट १ जना र कपिलबस्तुबाट ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हाे ।

प्रहरीकाे गाडीमा ढुंगामुडा

विप्लव नेतृत्वको माओवादीले आव्हान गरेको बन्दका क्रममा डिउटीमा निस्किएको प्रहरी टोलीमाथि ढुंगामुडा प्रहार भएको छ । डिउटी परिचालन गर्न निस्किएको सशस्त्र प्रहरीको बा १ ग १८१३ नं.को ट्रकलाई आरती स्टिल अगाडि कोशी राजमार्गमा विप्लव माओवादीका कार्यकर्ताले ढुङ्गा प्रहार गरी अगाडिको सिसा फुटाई दिएका छन् ।

उक्त घटनामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप खाडादेवी–१ बस्ने ३० वर्षीय हरिचन्द्र खड्का र मोरङ बुढिगंगा–२ बस्ने बुढिगंगा ६१ वर्षीय सुरेश राई रहेको प्रहरीले जनाएको छ ।

यस्तै रूपन्देहीको कञ्चन गाँउपालिका– ५ काे भित्री सडकमा एउटा रोकिराखेको बसमा माओवादी कार्यकर्ताले ढुंगा प्रहार गरि ताेडफाेड गरेका छन् ।

ना ४ ख ६८८० नं.को बसमा २ र ३ जना अपरिचित व्यक्तिहरूले ढुङ्गा हानी भागेकाे इलाका प्रहरी कार्यालय रूद्रपुरले जनाएको छ ।

बम फेला

ठाउँठाउँमा बम राखेको हल्लाले भने त्रास बढाएको छ । अरनिको राजमार्ग अन्तर्गत सिन्धुलीको खुर्कोटमा बम फेला परेको छ ।

उक्त बम डिस्पोज गर्न नेपाली सेना जाँदैछ । बम विप्लव समूहले राखेको आशंका गरिएको छ ।  बाग्लुङमा पनि बम भेटिएको छ । डिस्पोज गर्न सेनाको टोली गइसकेको छ ।

यस्तै मकवानपुरमा पनि बम फेला परेकाे छ । विप्लब नेतृत्वकाे माअाेबादीले बम राखेकाे अाशंका गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्