काँग्रेस संसदीय दलको बैठक बुधबार बस्दै, यस्ता छन् छलफलका एजेण्डा
काठमाडौँ , जेठ ४ । प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको बैठक बुधबार बस्ने भएको छ ।
बैठक बुधबार संसद भवन ल्होत्से हल बानेश्वरमा दिनको २:३० बजे बस्ने भएको संसदीय दलको कार्यालयले जानकारी दिएको छ ।
सरकारले अहिलेसम्म बजेट अधिवेशन नबोलाएको र अध्यादेशबाट बजेट ल्याउने चर्चा चलिरहेका बेला काँग्रेस संसदीय दलको बैठक बस्न लागेको छ ।
साथै बैठकमा कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रण, संसद्को बजेट अधिवेशन, समसामयिक राजनीतिलगायत छलफल हुने छ ।
प्रतिक्रिया दिनुहोस्