भारतमा लगातार दैनिक संक्रमित घट्दै
काठमाडौँ , जेठ ३ । भारतमा लगातार दैनिक संक्रमण हुनेको संख्या घटिरहेपनि मृत्यु हुनेको संख्या भने घटेको छैन ।
पछिल्लो २४ घण्टामा २५ दिन यताकै कम संक्रमित भएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार २४ घण्टामा २ लाख ८१ हजार ३८६ संक्रमित भएका छन् भने ४ हजार १०६ जनाको मृत्यु भएको छ ।
योसँगै भारतमा अहिले कुल मृत्यु हुनेको संख्या २ लाख ७४ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या २ लाख ७४ हजार ३९० पुगेको छ ।
त्यस्तै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ करोड ४९ लाख नाघेको छ । अहिलेसम्म २ करोड ४९ लाख ६५ हजार ४६३ पुगेको छ ।
कोरोनाको दोस्रो लहर शुरु भएपछि लगातार दोस्रो दिन भारतमा दैनिक संक्रमित भन्दा संक्रमण मुक्त हुने धेरै देखिएको छ । पछिल्लो २४ घण्टामा ३ लाख ७८ हजार संक्रमित भएका छन् भने २ लाख ८१ हजार संक्रमण मुक्त भएका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म २ करोड ११ लाख ७४ हजार ७६ जना संक्रमण मुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा ३ लाख ७८ हजार ७४१ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।
त्यस्तै अहिले भारतमा ३५ लाख १६ हजार ९९७ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म कुल ३१ करोड ६४ लाख २३ हजार ६५८ नमुना परिक्षण गरिएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १५ लाख ७३ हजार ५१५ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।
त्यस्तै भारतमा अहिलेसम्म कुल १८ करोड २९ लाख २६ हजार ४६० जनाले कोरोनाको खोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्