कोभिडले आक्रान्त शिक्षा क्षेत्रलाई नयाँ ढंगले अघि बढाइनेछ : मन्त्री श्रेष्ठ
काठमाडौँ, बैशाख ३१ । दास्रो पटक शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त भएका कृष्णगोपाल श्रेष्ठले कोभिडले आक्रान्त पारेको शिक्षा क्षेत्रलाई नयाँ ढंगले अघि बढाउनुपर्ने बताएका छन् ।
शीतल निवासमा राष्ट्रपति समक्ष सपथग्रहण लगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका मन्त्री श्रेष्ठले स्थगित भएको एसईई लगायतका परीक्षाबारे मन्त्रालयले चाँडै निर्णय गर्ने बताएका हुन् ।
सो अवसरमा मन्त्री श्रेष्ठले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद९ सिटिइभीटीको० सन् २०२१–२०२५ को पाँच वर्षे रणनीति सम्बन्धी अध्ययन गर्न कार्यदल बनाउने विषयको फाइलमा हस्ताक्षर गरेका छन् ।
उनले कोभिड संक्रमण नियन्त्रण गर्न सबैको सहयोग अत्यावश्यक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्