समयमा अक्सिजन नपाउँदा बुटवलमा आईसीयूमा उपचाररत ५ जनाको मृत्यु

काठमाडौं, बैशमख २९ । रुपन्देहीको बुटवलस्थित धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा अक्सिजन नपाउँदा ५ जनाको मृत्यु भएको छ ।

समयमा अक्सिजन आपुर्ति हुन नसक्दा आईसीयूमा उपचाररत ४ जना पुरुष र एक महिलाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले जानकारी दिए ।

मृत्यु हुनेमा बुटवल–८का २९ वर्षीय पुरुष, बुटवल– ११का ५२ वर्षीय पुरुष, बुटवल–१२ का ५९ वर्षीय पुरुष र बुटवल–१३ का ५२ वर्षीय पुरुष तथा बर्दघाटकी ४४ वर्षीया महिला रहेको प्रवक्ता गौतमले बताए ।

‘अस्पतालमा माग अनुसार अक्सिजन नभएको र अन्यत्रबाट आउनुपर्ने अक्सिजन आउन आधा घण्टा ढिला हुँदा अक्सिजन सप्लाई रोकिएर संक्रमितको मृत्यु हुन गएको अस्पतालका प्रवक्ता डा। गौतमले बताए ।

उनका अनुसार अक्सिजन आपूर्ति गर्ने उद्योगले आधा घण्टा ढिलो अक्सिजन ल्याइदिएका कारण बिरामीको मृत्यु भएको हो । उक्त अस्पतालमा आईसीयूमा १६ जना उपचाररत थिए, तीमध्ये बुधबार पाँच जनाको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्