कोरोनाबाट थप २२५ जनाको मृत्यु, ९ हजार ४ सय ८३ जनामा संक्रमण पुष्टि

काठमाडौँ , बैशाख २८ । नेपालमा थप ९४८३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ९४८३ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

अहिलेसम्म कुल ४ लाख १३ हजार १११ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ९७ हजार ८ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५२२५ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म ३ लाख १२ हजार १९ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७५.५ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २० हजार ५९६ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २६ लाख ७२ हजार ७२६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा र यस अघि मृत्यु भएर सरकारी आँकडामा छुटेका गरि कोरोनाबाट थप २२५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४०८४ रहेको छ ।

यसरी नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.९९ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै क्वारेन्टाइनमा ४४८ जना रहेका छन् । त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा ७ हजार ९४ जना रहेका छन् भने होम आइसोलेसनमा ८९ हजार ९१४ रहेका छन् ।

त्यस्तै अहिले नेपालमा १०८४ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका छन् भने २९० जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्