कोरोनाबाट आज एकैदिन १३९ जना संक्रमितको मृत्यु, ९ हजार २७१ जनामा संक्रमण पुष्टि

काठमाडौँ, बैशाख २७ । नेपालमा आज एकैदिन थप १३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १३९ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन् ।

उनका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारमासहित सो संख्यामा मृतक थपिएका हुन् ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ८५९ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १७ हजार ६२३ जनाको पीसीआर परीक्षण र ७८८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा गरी ९ हजार २७१ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ३ हजार ७९४ पुगेको छ

प्रतिक्रिया दिनुहोस्