थप ८ हजार ८ सय ५० जनामा कोरोना संक्रमण, ५२ जनाको मृत्यु

काठमाडौँ, बैशाख २६ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ जनाको पीसीआर परीक्षण गरिएकोमा ८ हजार ७७७ जना कोरोना पुष्टि भएको छ भने र ५०६ जनाको एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यता । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४ हजार १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार १६१ जना, भक्तपुरमा ५०४ जना, ललितपुरमा ५३३ जना कोरोना संक्रमित भेटिएका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्