कोरोना संक्रमणबाट एकैदिन ५८ जनाको मृत्यु, ८ हजार ६५९ मा संक्रमण पुष्टि

काठमाडौं , बैशाख २२ । नोपलमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ५८ जनाको मृत्यु भएको छ । यस्तै ८हजार ६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ६६ हजार ३५१ पुगेको छ।

काठमाडौं उपत्यकामा भने ३ हजार ८३५ जनामा संक्रमण देखिएको छ। भक्तपुरमा ४५८, ललिपुरमा ५१८ र काठमाडौंमा ३ हजार ८४९ मा संक्रमण देखिएको हो।

 

प्रतिक्रिया दिनुहोस्