बालुवाटारमा बोलाइयो एकता संयोजन समितिको बैठक

काठमाडौं।वाम गठबन्धनको पार्टी एकता संयोजन समितिको बैठक आज साँझ ७ बजेका लागि बोलाइएको छ।

पार्टी एकतालाई अन्तिम रुप दिन एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो। वाम गठबन्धनका प्रमुख दुई नेता एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको हिजोको बैठक सकारात्मक बनेपछि आजै एकता संयोजन समितिको बैठक बोलाइएको हो।

बैठकले पार्टी एकताको विषयमा शीर्ष नेताले जुटाएको सहमतिलाई औपचारिक रुपमा अनुमोदन गरेर निर्णय गर्ने बताइएको छ। वाम गठबन्धनका प्रमुख दुई नेताले सैद्धान्तिक विषयको विवाद महाधिवेशनमार्फत टुंगोमा पुर्‍याउने सहमति गरेका थिए। एकीकृत पार्टीको नेतृत्वमा दुवै पार्टीका अध्यक्ष रहने र सरकारमा आलोपालो गर्नसमेत उनीहरुले सहमति गरेका छन्।

प्रतिक्रिया दिनुहोस्