एकैदिन कोरोनाबाट १२ जनाको मृत्यु, ३५ सय ५६ जनामा संक्रमण पुष्टि
काठमाडौं, बैशाख १३ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ ।
एकैदिन आज १२ जना कोभिड १९ संक्रमितको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोनाका कारण देशभर ३ हजार १७६ जनाको मृत्यु भइसकेको छ।
यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । । स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ४०० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४२ जना र ८९३ जनाको एन्टीजेन परीक्षण गर्दा ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
देशभर हालसम्म ३ लाख ३ हजार ५६१ जनामा संक्रमण देखिएको छ।हाल देशभर २२ हजार ४३४ सक्रिय कोरोना संक्रमित रहेका छन्।
त्यस्तै, आज ३ सय ७८ जनाले कोरोनालाई जितेर घर फर्किएको मन्त्रालयले जनाएको छ। हाल देशभर ६५ जना क्वारेन्टाइनमा रहेको र देशभर २२ हजार ४ सय ३४ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
काठमाडौँमा मात्रै १५ सय बढी
यसैबीच यता कोरोनाभाइरसको हटस्पट बनेको काठमाडौँमा एकै दिन १५ सय ६७ जना संक्रमित भेटिएका छन् । त्यस्तै, ललितपुरमा २२३ र भक्तपुरमा १२२ जना संक्रमित फेला परेका छन् । त्यस्तै बाँकेमा ३०७ जना संक्रमित थपिएका छन् ।
काठमाडौँमा हाल ६४४ जना संस्थागत आइसोलेशन तथा ९४ जना आईसीयू र ४३ जना भेन्टिलेटरमा रहेका छन् ।
नेपालमा हाल काठमाडौँ उपत्यकाका तीन जिल्लासहित, मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्