दोस्रो निर्वाचन दिवस विविध कार्यक्रम गरि मनाइँदै

काठमाडौं–  निर्वाचन आयोगले दोस्रो निर्वाचन दिवसका अवसरमा आज विविध कार्यक्रम गरि मनाउदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा विविध कार्यक्रमका गरि आज निर्वाचन दिवस मनाउन लागेको आयोगका प्रवक्ता नवराज ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आयोगले त्रिदिवसीय कार्यक्रम पारित गरी फागुन ५ गतेदेखि देखि आजसम्म विभिन्न कार्यक्रम गरी दिवस मनाउदै छ । कार्यक्रमको पहिलो दिन गत शक्रबार आयोग परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । दोस्रो दिन हिजो प्रभातफेरि गरिएको थियो ।
दिवसको अन्तिम दिन आज राष्ट्रपतिको उपस्थितिमा आयोगले आज औपचारीक कार्यक्रम गर्न लागेको हो । आयोगले गत वर्षदेखि फागुन ७ गतेलाई निर्वाचन दिवसका रुपमा मनाउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्