कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित भारतीय नागरिक पक्राउ

काठमाडौं, बैशाख १३ । सशस्त्र प्रहरीले दुई नाल कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत सितामढी बिसनपुरका २२ वर्षीय सकलदिप कुमार रहेका छन्। उनलाई सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट खुटौनाले मलंगवा-६ खुटौनाबाट पक्राउ गरेको हो ।

भारतीय मोटरसाइकल सहित पक्राउ परेका उनीहरुको साथबाट २ सयग्राम चरेससमेत बरामद गरिएको छ ।

पक्राउ परेकालाईआबश्यक कारबाहिको लागि स्थानिय प्रहरी कार्यालयमा बुझाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्