राष्ट्रपतिद्वारा संघीय संसद्को अधिवेशन आह्वान, फागुन २१ गते पहिलो बैठक

काठमाडौँ  ।  राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को अधिवेशन आह्वान गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति भण्डारीले फागुन २१ गते अधिवेशन आह्वान गरेकी हुन्।

संविधानको धारा ९३(१) को प्रावधान बमोजिम फागुन २१ गते सोमबारका दिउँसो ४ बजे अधिवेशन आह्वान गरिएको हो।

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको तीन महिनापछि संघीय संसद्को अधिवेशन आह्वान भएको हो। संवैधानिक प्रावधान अनुसार मन्त्रिपरिषदको सिफारिसमा संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्