कोरोना संक्रमित पूर्वराजादम्पतीलाई अक्सिजन दिएर उपचार, यस्तो छ स्वास्थ्य अवस्था

काठमाडौं, बैशाख १२ । दोस्रो लहरको कोरोना अहिले  नेपालमा फैलीसकेको छ । केहिदिन अघि मात्रै भारत गएर आएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण पुष्टि भयो ।

अहिले उनीहरु अस्पताल भर्ना भएका छन् । अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई अहिले अक्सिजन सपोर्ट दिएर उपचार गरिएको छ।

पूर्वराजा शाह, पूर्वरानी कोमल र छोरी प्रेरणा हिजो स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए।

उहाँको अवस्था सामान्य छ। कोभिडको विरामी र उमेरका कारण पनि राजदम्पत्तीलाई अक्सिजन सपोर्ट दिएर उपचार थालिएको छु, नर्भिक अस्पतालका कम्युनिकेसन डिपार्टमेन्ट प्रमुख सोमनाथ बास्तोलाले भने, हिजो (शनिबार) केही लक्षण देखिए पनि आज लक्षण हराएका छन्।

उनका अनुसार छोरी प्रेरणालाई भने अक्सिजन सपोर्ट दिनुपरेको छैन। भारतको हरिद्वारमा भएको कुम्भ मेलामा सहभागि भएर आएपछि पूर्वराजदम्पतीलाई कोरोना संक्रमण भएको थियो।

प्रतिक्रिया दिनुहोस्