सुनचाँदीको मुल्य घट्यो, कति पुग्यो तोलाको आज ?

काठमाडौँ , बैशाख १२ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । केहिदन बढिरहेको सुनको मुल्य आज घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ४ सयले घटेर ९१ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाला सुन तोलाको ९१ हजार ७ सयमा कारोबार भएको थियो ।त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले घटेर प्रतितोला १३१० मा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहेको महिना भएका कारण सुनको मूल्य घट्दा किन्नेलाई भने फाइदा नै भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्