नियम उल्लंघन गरी सवारी साधन चलाउने १ हजार ६ सय ८४ जना कार्वाहीमा

काठमाडौं ।ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउने १ हजार ६ सय ८४ जना सवारी चालकहरु ट्राफिक प्रहरीको कार्वाहीमा परेका छन् । हिजो पनी उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीको कार्वाहीमा नियम उल्लंघन गरी सवारी साधन चलाउने परेका छन् ।
जसमध्ये जथाभावी यात्रु चढाउने तथा ओराल्ने मात्रै ३५७ जना सवारी चालक रहेका छन् । यसैगरी लेन उल्लघंन गर्ने २७९ जना, सडक तथा फुटपाथमा पार्किङ्ग गर्ने १३२ जना, मदिरा पिएर सवारी साधन चलाउने ८७ जना, अनावश्यक हर्न बजाउने ३९ जना र सिटबेल्ट नबाँध्ने १४ जनालाई पनि ट्राफिक प्रहरीले हिजो कार्वाही गरेको छ ।

प्रतिक्रिया दिनुहोस्