नेपाल मगर संघ सम्पर्क समन्वय केन्द्रीय समितिमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन

काठमाडौं । नेपाल मगर संघ सम्पर्क समन्वय केन्द्रीय समितिको तेस्रो राष्ट्रिय महाधिवेशनले होमराज खापाङ्गी मगरको नेतृत्वमा ६५ सदस्यीय नयाँ कार्यसमितिको सर्वसम्मत रुपमा चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा लालकुमारी रोका मगर, भाषिक उपाध्यक्षहरुमा अठार मगरातः त्रिपना बुढा मगर र बाह्र मगरातः लेखबहादुर रेश्मी मगर चयन भएका छन् ।

त्यस्तै प्रदेश उपाध्यक्षहरुमा १ नं. छत्र आले मगर, २ नंं. सुन्दरबहादुर बलम्पाकी मगर, ३ नं. कृष्ण आले मगर, ४ नंं. दुर्गा राना मगर, ५ नं. विकास विक्रम आलेमगर ६ नं. मा सदिक्षा घर्ती मगर चयन भएका छन् ।
महासचिवमा झविन्द्रबहादुर पुन मगर, सचिवमा राजकुमार राना मगर, सञ्चार सचिवमा झलक थापा मगर विदेश सचिवमा नारायण रोका मगर, कोषाध्यक्षमा मोहन सुस्लिङ मगर र सह–कोषाध्यक्षमा भिम बहादुर दर्लामी मगर रहेका छन् । त्यसैगरि सल्लाहकारहरुमा वमकुमारी बुढा मगर, गंगाबहादुर थापा मगर, गौवबहादुर आलेमगर र राजेन्द्र बहादुर थापा मगर रहेका छन् ।

महाधिवेशनमा समितिका प्रमुख संरक्षक तथा निवर्तमान अध्यक्ष जगतबहादुर रेश्मी मगरले १४ वर्षको नेतृत्वमा आफुले धेरै आरोह अवरोह पार गर्दै समितिलाई यस अवस्थामा ल्याएको स्मरण गर्दै उहाँले राज्यका सबै तह र तप्काका संघ÷संस्था तथा व्यक्तिहरुसंग सहकार्य गर्दै गैर राजनीतिक तवरले संस्थाको शसक्त नेतृत्व गर्न नयाँ कार्यसमितिलाई निर्देशन दिनुभयो । उहाँले नयाँ कार्यसमितिका सदस्यहरुलाई टिका लगाई पद हस्तान्तरण गर्दै शुभकामना व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्