प्रदेश नम्बर ६ सम्पर्क मञ्च दक्षिण कोरिया गठन

काठमाडौं । दक्षिण कोरियामा प्रदेश नम्बर ६ सम्पर्क मञ्च दक्षिण कोरिया शनिवार एक कार्यक्रमकाबीच दक्षिण कोरिया गठन भएको छ । त्यहाँ कार्यरत प्रदेश नम्बर ६ का यूवाहरुको सामूहिक छलफलबाट शनिबार सम्पर्क मञ्च गठन गरिएको हो ।

छलफलबाट अध्यक्षमा चेतन कँडेल चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा लक्ष्मी पोख्रेल, कोषाध्यक्षमा इन्द्र लामिछाने, सचिवमा ललित पौड्याल र सहसचिवमा गणेश आर्चाय चयन भएका छन् ।

साथै क्रियाशील सदस्यहरुमा विश्व शर्मा, विष्णु पौड्याल, रमेश चापागाईँ, ओम कँडेल, आर्दश केसी, दिपेन्द्र हमाल, खेमबहादुर थापा रहेका छन् भने साधारण सदस्यतर्फ राम सुवेदी, तिलक कँडेल, सन्तोष चापागाईँ, तिलक पौड्याल, लोकेन्द्र चन्द चयन भएका छन् ।

उक्त मन्च सडक बालबालिकाको शैक्षिक क्षेत्र, दैविक प्रकोप तथा अन्य कारणवश आइपर्ने प्रकोपको समयमा सहयोग गर्ने उद्देश्यका साथ मञ्चको स्थापना गरिएको सचिव ललित पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्