सिनर्जीले फाईनान्सले ७० प्रतिशत हकप्रदको प्रस्ताव, अध्यक्ष सहित चार संचालकले राजिनामा दिए

काठमाडौं । सिनर्जीले फाईनान्सले राष्ट्र बैंकले तोकेको चुक्तापूँजी पुर्याउन आफ्ना सेयरधनीलाई ७० प्रतिशत हकप्रद जारी गर्ने भएको छ । कम्पनीको असोज ८ गते बसेको संचालक समिति बैठकले हाल कायम पूँजीको ७० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव गरेको हो ।

खराब कर्जाले थला परेर बिस्तारै सुध्रिने क्रममा रहेको फाईनान्स मर्जर र एक्विजिनशको प्रयास गरेपनि सो प्रयास सफल हुन नसकेपछि अन्तत हकप्रदनै दिने भएको हो । साथै कम्पनी संचालक समितको बैठकले अध्यक्ष झपट बहादुर बोहोरा लगायत चार संचालकले दिएको राजिनामा समेत स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्