फागुन ७ गते निर्वाचन दिवस भब्य रुपमा मनाउने तयारी

काठमाडौं । निर्वाचन आयोगले भोलि फागुन ७ गते निर्वाचन दिवस मनाउने तयारी गरेको छ ।

एक वर्षभित्र चार वटा निर्वाचन गराएको आयोगले दिवस पनि उत्साहका साथ मनाउन लागेको हो ।

स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा सदस्य तथा राष्ट्रियसभा सदस्यको निर्वाचन सफलतापूर्वक गराएको आयोग अहिले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको तयारीमा जुटिरहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा फागुन ७ गते मूल समारोहसहित तीन दिनसम्म विविध कार्यक्रम गरी निर्वाचन दिवस भव्य रुपमा मनाउन लागेको प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन् ।

विसं २०१५ मा पहिलो संसदीय निर्वाचन सुरु भएको दिन फागुन ७ गतेलाई आयोगले केही वर्षदेखि निर्वाचन दिवसका रुपमा मनाउन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्