थप २८८ जना कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्रै १२९ जना, आज मृत्यु कति ?

काठमाडौँ , चैत २७ । नेपालमा पछिल्लो २४ घण्टामा २८८ जना कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७९ हजार ३८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज १२७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७३ हजार ७३५ पुगेको छ। हाल देशभर २ हजार ६ सय १५ जना सक्रिय संक्रमित रहेका छन्।गत चौबीस घन्टामा ४ हजार ७१ पीसीआर परीक्षण भएको छ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३८ पुगेको छ।

यस्तै काठमाडौँ उपत्यकामा शुक्रबार थप १२९ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँका ११७, ललितपुरका ९ तथा भक्तपुरका ३ जनामा संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया दिनुहोस्