प्रदेश ६ मा अाज मन्त्रिमण्डल विस्तार

काठमाडाैँ – प्रदेश नम्वर ६ को मन्त्रिमण्डल आज विस्तार हुने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिपरिषद विस्तारको तयारी गर्नुभएको हो ।

गत शुक्रबार नै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेको भएपनि सत्ता साँझेदार दल एमाले र माओबादीबीच कुरा नमिल्दा रोकिएको मन्त्रिमण्डल विस्तार दुई दलको सहमतिपछि आज गरिन लागेको हो ।

प्रदेशमा एमालेले ४ र माओबादीले २ मन्त्रालय लिने गरि सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्