नेपालमा दिनानुदिन बढ्दै कोरोना , आज मात्रै देशभर थपिए ३३९ संक्रमित

काठमाडौं, चैत २५ । पछिल्लो समय नेपालमा नयाँ संक्रमित बढ्दै जान थालेको छ । नयाँ संक्रमितमध्ये धेरै काठमाडौँ उपत्यकाका रहेका छन् ।

आज मात्रै नेपालमा थप ३३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसअवधिमा ४ हजार १ सय पीसीआर तथा १ हजार ४० जनाको एन्टीजेन परीक्षण गरिएको थियो । जसमध्ये पीसीआरबाट २९८ जना र एन्टीजेन परीक्षणबाट ४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यता पछिल्लो २४ घण्टामा भक्तपुरमा ५, ललितपुरमा २६, काठमाडौँमा १३२ गरी जम्मा १६३ जना संक्रमिण थपिएका छन् । ४ घण्टामा ७४ जना भने डिस्चार्ज भएका छन् ।

देशभर २ हजार २०१ सक्रिय संक्रमित रहेका छन् । यसमध्ये संस्थागत आइसोलेसनमा ७६० र होम आइसोलेसनमा १ हजार ७४१ जना रहेका छन् । ६५ क्वारेन्टिनमा रहेका छन् भने ६५ जना आइसीयू र १३ भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्