भारतको राजधानी दिल्लीमा पनि बढ्यो कोरोना संक्रमण : लगाइयो कर्फ्यु

काठमाडौँ , चैत २४ । छिमेकी मुलक भारतमा कोरोनाको दोस्रो लहर आएपछि राजधानी दिल्लीमा रातिमा कर्फ्यु लगाइएको छ ।

दिल्ली सरकारले बढ्दो कोरोना संक्रमण लगातार बढेपछि अप्रिल ३० सम्मका लागि रातिमा कर्फ्यु लगाउने घोषणा गरेको हो ।

तत्कालदेखि लागुहुने गरि कर्फ्यु राति १० बजेदेखि विहान ५ बजेसम्म लाग्ने घोषणा गरिएको छ ।
त्यस्तै अर्को कोरोना बढी प्रभावित राज्य महाराष्ट्रमा पनि रातिमा कर्फ्यु लगाइएको छ भने शुक्रबारदेखि लकडाउनको घोषणा गरिएको छ ।

भारतमा केहि सातादेखि कोरोनाको संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा मात्र ९६ हजार ९८२ जना संक्रमित भएका छन् भने ४४६ जनाको मृत्यु भएको छ ।

भारतमा अहिलेसम्म कोरोनाबाट एक लाख ६५ हजार ५४७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्