कोरोनाबाट आज एकैदिन ४ जनाको मृत्यु, २६६ जनामा संक्रमण पुष्टि

 

काठमाडौं , चैत २३ । नेपालमा कोरोनाबाट एकैदिन ४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा २६६ जना कोभिड–१९ संक्रमित थपिएका छन् । चार हजार ५३६ वटा नमूनाको पीसीआर परीक्षण गरिएकोमा २६६ जनाको नतिजा पोजेटिभ आएको हो । नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७८ हजार २१० पुगेको छ ।

चौबीस घण्टामा १०२ जना संक्रमणमुक्त भएका छन् । देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७३ हजार ३४२ पुगेको छ ।

हाल क्वारेन्टिनमा ६४ जना छन् भने आइसोलेसनमा १ हजार ८३२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैबीच भारतमा कोरोनाको अवस्था भने भयावह बन्दै गएपछि नेपालमा पनि डर र त्रास छाएको छ।

संक्रमण फैलन नदिन सरकारले सावधानि अपनाउन आग्रह गरेको छ । यसैबीच काठमाडौं प्रवेश गर्न अब एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्