मेक्सिकोमा बरिष्ठ कर्मचारी चढेको हेलिकप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु

काठमाडौं । मेक्सिकोमा बरिष्ठ कर्मचारीहरु चढेको हेलिकप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक बालक पनि छन् । मेक्सिकोका गृहमन्त्री र दक्षिणी क्षेत्र ओसाकाका गभर्नर पनि रहेको सो हेलिकप्टरमा भने उनीहरुलाई सामान्य चोटपटक लागेको छ ।

मेक्सिकोमा आएको भूकम्प प्रभावित क्षेत्रको निरीक्षणका लागि गएको उक्त हेलिकप्टर अवतरण गर्ने क्रममा पाइलटले नियन्त्रण गुमाउँदा दुर्घटना भएको बताईएको छ ।

दुर्घटनामा केही घाइते भएका छन् । मेक्सिकोमा हिजो गएको भूकम्पमा दुई जनाको मृत्यु भएको थियो भने थुप्रैं घर ध्वस्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्