थप १७९ जनामा कोरोना पुष्टि, १सय ११ जना संक्रमण मुक्त, मृत्यु शुन्य

काठमाडौं , चैत २० । नेपालमा आज थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल १७९ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

अहिलेसम्म कुल २ लाख ७७ हजार ६४० संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ६४७ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १११ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ७२ हजार ९६२ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा कोरोना निको हुने प्रतिशत ९८.४ रहेको मन्त्रालयले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५६५ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २२ लाख ७९ हजार १०५ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ६१ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा १ हजार ६४७ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३१ रहेको छ ।

यसरी नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत १.०९ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्