भारतमा झनै तीव्र गतिमा फैलिँदै कोरोना संक्रमण, यस्तो छ पछिल्लो अवस्था

काठमाडौं, चैत २० । भारतमा झनै तीव्र गतिमा कोरोना संक्रमण फैलिँदै जान थालेको छ । त्यहाँ पछिल्लो चौबिस घण्टामा ८१ हजार ४६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

हरेक दिन नयाँ संक्रमित भेटिनेको संख्या पछिल्लो एक साता यता अती तीव्र भएको छ।केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार अब भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ६ लाख १४ हजार ६९६ पुगेको छ।

बितेको चौबिस घण्टामा भारतमा ४६९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।यसैका साथ भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख ६३ हजार ३९६ पुगेको छ।

बिहीबार मात्रै ७२ हजार भन्दा धेरै संक्रमित फेला परेका थिए। यसरी छिमेकी जिल्लामा संक्रमण बढ्न थालेपछि यता नेपालमा पनि त्रास फैलीएको छ ।

प्रतिक्रिया दिनुहोस्