सुनको दैनिक आयात कोटामा संशोधन, अब दैनिक २० किलो आयात गर्न पाइने
काठमाडौ, चैत १९ । राष्ट्र बैंकले सुनको दैनिक आयात कोटालाई संसोधन गरेको छ ।
आज बिदेशी बिनिमय कारोवार गर्न इजाजतपत्र प्राप्त बैंक तथा बित्तीय संस्था र अन्य निकायहरुलाई परिपत्र जारी गर्दे एकीकृत परिपत्र २०७६ लाई संसोधन गर्दे नयाँ कोटा निर्धारण गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
बिदेशी बिनिमय नियमित गर्ने ऐन २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी सुन आयात सम्वन्धी नयाँ व्यवस्था कार्यान्वनमा ल्याउन निर्देशन दिएको परिपत्रमा उल्लेख छ ।
सुन आयात तथा बिक्री बितरण सम्वन्धी कार्यबिधी २०६८ को बुंदा नम्वर ४ लाई संसोधन गर्दे आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई २० किलोग्राम कायम गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्