कोरोना बढेपछि तेस्रो चरणको लकडाउन, विद्यालय र पसल तीन हप्ता बन्द

काठमाडौं, चैत १९ । कोरोना बढेपछि तेस्रो चरणको लकडाउन गरिएको छ । फ्रान्समा शनिबारदेखि तेस्रो चरणको देशव्यापी लकडाउनको घोषणा गरिएको हो ।

बुधबार टेलिभिजनमार्फत सम्बोधन गर्दै राष्ट्रपति इम्यानुयल म्याक्रोनले कम्तीमा तीन हप्ताका लागि देशव्यापी लकडाउनको घोषणा गरेका हुन् ।

यो महिनाको सुरुवातमा १९ जिल्लामा गरिएको लकडाउन शनिबारदेखि लागु हुने गरी देशभर विस्तार गरिएको हो । सो अवधिभर अत्यावश्यक बाहेकका अन्य पसलहरु बन्द रहनेछन् भने विशेष कारणबाहेकका अवस्थामा घरदेखि १० किलोमिटरभन्दा टाढा पाइने छैन । विद्यालयहरु समेत अनलाइन माध्यमबाट मात्र सञ्चालन गरिनेछ ।

फ्रान्समा हालसम्म ९५ हजार ४९५ जनाले कारोनाभाइरसका कारण ज्यान गुमाइसकेका छन् । पाँच हजारभन्दा बढी संक्रमितको सघन उपचारकक्षमा उपचार भइरहेको छ । बुधबार मात्र ५९ हजार ३८ नयाँ संक्रमित भेटिएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्