भारतमा कोरोनाको संक्रमण ह्वात्तै बढ्यो , २४ घण्टामा ५६ हजार संक्रमित, २७१ जनाको मृत्यु

काठमाडौँ , चैत १७ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण फेरी बढेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट २७१ जनाको मृत्यु भएको छ ।

भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख ६२ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ६२ हजार ११४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५६ हजार २११ जना संक्रमित पुष्टि भएको छ । यो सँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या एक करोड २० लाख ९५ हजार ८५५ पुगेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म एक करोड १३ लाख ९३ हजार २१ जना संक्रमण मुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा ३७ हजार २८ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

त्यस्तै अहिले भारतमा ५ लाख ४० हजार ७२० कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।त्यस्तै भारतमा अहिलेसम्म कुल २४ करोड २६ लाख ५० हजार २५ नमुना परिक्षण गरिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ७ लाख ८५ हजार ८६४ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

त्यस्तै भारतमा अहिलेसम्म कुल ६ करोड ११ लाख १३ हजार ३५४ जनाले कोरोनाको खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्