थप ८९ जनामा कोरोना पुष्टि, ९५ जना संक्रमण मुक्त, मृत्यु शुन्य

काठमाडौं , चैत १५ । नेपालमा थप ८९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ८९ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

अहिलेसम्म कुल २ लाख ७६ हजार ८३९ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १२ सय ८२ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९५ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ७२ हजार ५३० जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा कोरोना निको हुने प्रतिशत ९८. ४ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार १०१ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २२ लाख ६१ हजार १४६ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ५७ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा १२८२ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०२७ पुगेको छ ।

यसरी नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत १।०९ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्