भारतमा कोरोनाबाट २४ घण्टामा ६२ हजार संक्रमित, ३१२ जनाको मृत्यु

काठमाडौँ , चैत १५ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण फेरी बढेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ३१२ जनाको मृत्यु भएको छ ।

भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख ६१ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ६१ हजार ५५२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६२ हजार ७१४ जना संक्रमित पुष्टि भएको छ । यो सँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या एक करोड १९ लाख ७१ हजार ६२४ पुगेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म एक करोड १३ लाख २३ हजार ७६२ जना संक्रमण मुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा २८ हजार ७३९ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

त्यस्तै अहिले भारतमा ४ लाख ८६ हजार ३१० कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।त्यस्तै भारतमा अहिलेसम्म कुल २४ करोड ९ लाख ५० हजार ८४२ नमुना परिक्षण गरिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ११ लाख ८१ हजार २८९ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

त्यस्तै भारतमा अहिलेसम्म कुल ६ करोड २ लाख ६९ हजार ७८२ जनाले कोरोनाको खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्