थप ८५ जनामा कोरोना पुष्टि, ९३ जना संक्रमण मुक्त, ३ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ८५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ८५ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

अहिलेसम्म कुल २ लाख ७६ हजार ७५० संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १२ सय ८८ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९३ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ७२ हजार ४३५ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८.५ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ७४५ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २२ लाख ५९ हजार ४५ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ५९ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा १२८८ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०२७ पुगेको छ ।

यसरी नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत १.०९ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्