नेपाल राष्ट्रिय व्यवसायी महासंघको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न, तत्काल व्यवसायिक मैत्री कर नीति ल्याउः अध्यक्ष कटुवाल

नेपाल राष्ट्रिय व्यवसायी महासंघको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न, तत्काल व्यवसायिक मैत्री कर नीति ल्याउः अध्यक्ष कटुवाल
काठमाडौं,फागुन ५ । नेपाल राष्ट्रिय व्यवसायी महासंघको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।
महासंघको आज काठमाडौमा सम्पन्न भएको पहिलो महाधिवेशनले महासंघका वर्तमान अध्यक्ष नरेश कटुवाललाई निर्विरोध रुपमा पूनः अध्यक्षमा चयन गरेको छ ।

नयाँ कार्य समितिमा वरिष्ठ उपाध्यक्षमा कुमार कार्की, प्रथम उपाध्यक्षमा नैन बहादुर पण्डित निर्विरोध रुपमा चयन भएका छन् । त्यस्तै उपाध्यक्षहरुमा सरोज कुमार थापा, माधव प्रसाद खरेल, नरेन्द्र शाक्य, हेम बहादुर क्षेत्री, शशीभूमि श्रेष्ठ, रुक्मणी सेडाई, मनोज बाबु श्रेष्ठ, गोविन्द कार्की, नरेन्द्र गुप्ता, भिम भक्त श्रेष्ठ र युवराज न्यौपाने निर्विरोध रुपमा चयन भएका छन् ।

त्यस्तै महासविचमा टेक बहादुर शाक्य(अन्जन), उप–महासचिवमा बिजय कुमार महर्जन, हरि बहादुर गौतम र रीता पुरी लगायत ६३ सदस्यीय कार्यसमिति निर्विरोध रुपमा निर्वाचित भएका छन् ।
महासंघका नवनिर्वाचित अध्यक्ष नरेश कटुवालले तत्काल व्यवसायीक मैत्री कर नीति ल्याउन राज्यसंग माग गर्नु भएको छ । साना उद्योगी व्यवसायीको हक अधिकार स्थापित गर्नका लागि लामो समयसम्म विभिन्न संघको रुपमा राज्यसंग लड्दै आएको व्यवसायीहरुको छाता संगठन राष्ट्रिय व्यवसायी महासंघको स्थापना गर्न वाध्य हुनु परेको स्मरण गर्दै अध्यक्ष कटुवाले अब मझौला तथा निम्न व्यवसायीहरुको आवाजलाई पुरा गर्न महासंघले जस्तोसुकै परिस्थितिमा पनि पछि नपर्ने बताउनु भयो ।
उहाँले सम्पूर्ण व्यवसायीहरु मर्यादीत र इमान्दारिताकासाथ राज्यको नीति नियममा रहि काम गर्न तयार रहेको बताउँदै उहाँले भन्नुभयो,‘ व्यवसायीहरुले १२ घण्टा भन्दा बढि धुलो धुवा खाई दुःख पीडा सहेर राज्यलाई कर तिरेका छौं । तै पनि राज्यले कालोबजारी भन्नु हामीलाई सह्य छैन । आज सम्म राज्यले साना तथा मलौला व्यवसायीको आवाजलाई कुन्ठित गरेको छ उहाँले भन्नुभयो, हाम्रो सामु गहन जिम्मेवारी आएको छ ।’ यसलाई पूरा गरी छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले यो प्रथम महाधिवेशनलाई ऐतिहासिक महाधिवेशनको संज्ञा दिंदै व्यवसाय सञ्चालनको लागि राज्यले लगानी मैत्री वातावरण निर्माण गरि सुरक्षाको ग्यारेण्टी गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व सभामुख ओन्सारी घर्तिमगरले पानसमा वत्ति बालेर कार्यक्रमको उद्घाटन गर्दै ऐन कानून बनाउने र सहजीकरण गर्ने काम राज्य भएको बताउनु भयो । उहाँले व्यवसायीलाई इमान्दारितापूर्वक व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो । ऐन कानून बनाउदै व्यवसायीक आवज पुरा गर्नको लागि आफुले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । मुलुक संघिय प्रणालीमा गएको र सम्मृद्धिमा अगाडि बढि सकेको जनाउदै उहाँले व्यवसायीलाई परेको समस्या र अप्ठ्यारोमा आफ्नो सधै सहयोग गर्ने बताउनु भयो ।

१९ वटा संघहरु संगठित भएर बनेको यस महासंघले लिएको लक्ष्य र उदेश्य पूरा होस् भन्ने शुभकामना व्यक्त गर्दै उहाँले नयाँ नेतृत्व चयन भएपश्चात महासंघलाई व्यवसायीक अधिकार स्थापित गर्ने सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै काठमाडौं महानगरपालकिाको प्रमुख विद्या सुन्दर शाक्यले सरकार नीजि क्षेत्रको प्रतिष्पर्धी होइन अभिभावक भएको बताउँदै उहाँले भन्नुभयो ‘काठमाडौं सुन्दर र शान्त स्मार्ट सिटि बन्दै छ । यसमा तपाईहरु विश्वस्त हुनुस् । नगरपालीकाले आगामी वर्षको नीति निर्माण र विकासका बारेमा कार्ययोजना बनाउने क्रममा छौं । यसमा व्यवसायीको समस्याहरुको पनि सल्लाह र सुझावको आवश्यक छ ।’ उहाँले थप्नुभयोे क्लिन द सिटि ग्रिन द सिटि भन्ने मुल नारा सहित सुन्दर काठमाडौं निर्माण अभियन हुँदैछ । यसमा व्यवसायीलाई सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले व्यवसायीको समस्या र मागप्रति गम्भिर रहेको बताउनु भयो ।

काठमडौंका प्रमुख जिल्ला अधिकारी केदार नाथ शर्माले व्यवसाय सञ्चालनको लागि शान्ति सुरक्षाको प्रत्याभूति गर्न सरकार सक्षम रहेको बताउँदै निर्धक्करु रुपमा व्यवसाय सञ्चानल गर्न व्यवसायीलाइ आग्रह गर्नुभयो । सम्वृद्धि एकल प्रयासले मात्र संभव नहुने बताउदै उहाँले यसको लागि सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नेु पर्नुेमा जोडदिनुभयो ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष कुमार कार्की, नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष महेन्द्रमान श्रेष्ठ, नेपाल हिमालय सिमापार वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अशोक श्रेष्ठ र नेपाल ग्रिल तथा स्टील व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवाल लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा महासंघका अध्यक्ष नरेश कटुवा र प्रमुख अतिथि ओन्सारी घर्तीमगरले महासंघको मुखपत्र व्यवसायीक आवज पत्रिकाको संयुक्त रुपममा विमोचन गर्नु भएको थियो ।
कार्यक्रममा महासंघको कार्यसम्पादनमा उत्कृष्ठ योगदान पु¥याउने विभिन्न व्यक्तिहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्