थप १८८ जनामा कोरोना पुष्टि, ७७ जना निको भए , मृत्यु कति ?

काठमाडौं , चैत १० ।  नेपालमा आज थप १८८ जनामा कोरोना संक्राण पुष्टि भएको छ । ४ हजार ३२ जनाको पीसीआर परिक्षण गर्दा थप १८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार २४४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ११ सय २८ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा ७७ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ९७ पुगेको छ ।

हालसम्म कोरोनाको कारण ३ हजार ९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट कुनैपनि बिरामीको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

यस्तै, हालसम्म ४८ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २२ लाख ४५ हजार ३० जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्