रिलायबल माइक्रोफाइनान्सको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

रिलायबल माइक्रोफाइनान्स कम्पनीले प्रस्ताव गरेको २० प्रतिशत बोनस सुरक्षित गर्ने दिन आज अन्तिम हो ।

कम्पनीले असोज १० गते सेयरधनी किताब बन्दगर्ने भएकाले असोज ९ गतेसम्म कायम रहेका सेयरधनी बोनस प्राप्त गर्नेछन् ।

माइक्रोफाइनान्सले २० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गर्न असोज २९ गते साधारणसभा राखेको छ । रिलायबलले गत असार साउनमा बिक्री गरेको ५० प्रतिशत हकप्रदलाई हिसाब नगरी २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

रिलायवलले गत आर्थिक बर्षमा १ करोड १२ लाख रुपैयाँमा खुद नाफा गरेको थियो । हाल कम्पनीको चुक्ता पूँजी ५ करोड ६५ लाख रुपैयाँ रहेको छ । बोनसपछि कम्पनीको चुक्ता पूँजी ६ करोड ७८ लाख पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्