भारतमा कोरोना ह्वात्तै बढ्यो : २४ घण्टामा ४६ हजार संक्रमित, २१२ जनाको मृत्यु

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण फेरी बढेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट २१२ जनाको मृत्यु भएको छ ।

भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख ५९ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ५९ हजार ९६७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४६ हजार ९५१ जना संक्रमित पुष्टि भएको छ । यो सँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या एक करोड १६ लाख ४६ हजार ८१ पुगेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म एक करोड ११ लाख ५१ हजार ४६८ जना संक्रमण मुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा २१ हजार १८० जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

त्यस्तै अहिले भारतमा ३ लाख ३४ हजार ६४६ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।त्यस्तै भारतमा अहिलेसम्म कुल २३ करोड ४४ लाख ४५ हजार ७७४ नमुना परिक्षण गरिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ८ लाख ८० हजार ६६५ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

त्यस्तै भारतमा अहिलेसम्म कुल ४ करोड ५० लाख ६५ हजार ९९८ जनाले कोरोनाको खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्