फेरि बढ्न थाल्यो कोरोना संक्रमण , विभिन्न देशमा लकडाउनको तयारी

काठमाडौं, चैत ८ । पछिल्लो समय विभिन्न देशमा कोरोना संक्रमण बढेपछि फेरि लकडाउन गर्न थालीएको छ । यता छिमेकी देश भारतमा पनि ह्वात्तै कोरोना संक्रमण फैलीरहेको छ ।

यस कारण त्यहाँका विभिन्न ठाउँमा लकडाउन गर्ने तयारी भइरहेको छ । उता सङ्क्रमण फैलिएको भन्दै धेरैवटा युरोपेली मुलुकहरुले पनि नयाँ लकडाउन र प्रतिबन्धहरु घोषणा गरेका छन्। टोकियो ओलम्पिक आयोजना समितिले खेललाई सुरक्षित तवरबाट सञ्चालन गर्न भन्दै विदेशी खेल दर्शकलाई जापान भ्रमणमा प्रतिबन्ध लगाएको छ।

पोल्यान्ड, फ्रान्स र युक्रेनको राजधानी समेतका कतिपय भागमा नयाँ प्रतिबन्धहरु लगाइएका छन्। अधिकांश पसलहरु बन्द गरिएका छन् भने मानिसलाई घरबाटै काम गर्न आग्रह गरिएको छ।

फ्रान्समा एक तिहाईभन्दा बढी जनसंख्या लकडाउनमा रहेको छ। तर यो लकडाउन विगतको जस्तो कठोर भने छैन । विद्यालयहरु खुलेका छन् भने सैलुन र चकलेट पसलहरु खुलेका छन्।

केही समय मत्थर देखिन थालेको कोरोनाभाइरस सङ्क्रमण पछिल्ला समय पुनः सक्रिय भएको देखिएको छ। अघिल्लो साता विश्वभर कोरोनाभाइरसको सङ्क्रमण १४ प्रतिशतले वृद्धि भएको एएफपीले सङ्कलन गरेको तथ्याङ्कले देखाएको छ।

प्रतिक्रिया दिनुहोस्